२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ नियन्त्रण गर्न स्थानीय तहमा चिकित्सक परिचालन

कोभिड-१९ नियन्त्रण गर्न स्थानीय तहमा चिकित्सक परिचालन


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जुम्लाका स्थानीय तह नगरपालिकामा दुई जना र गाउँपालिकामा दुई-दुई जना चिकित्सकको टोली एक महिनाका लागि खटाएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक जना र चन्दननाथ नगरपालिकासहित अन्य ६ वटा गाउँपालिकामा दुई-दुई जना चिकित्सक गरी १५ जना चिकित्सकहरुको टोली खटाइएको प्रमुख प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले जानकारी दिए ।

उनले भने, ‘स्थानीय तहमा (आज) शुक्रबारदेखि एक महिनाका लागि चिकित्सक खटिएका छन् ।’ उनकाअनुसार जिल्लाको गुठीचौर गाउँपालिकामा प्राध्यापक डा. कमलराज शर्मा, प्रा.डा. रामप्रसाद उप्रेतिलाई खटाईएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी, प्राध्यापक सुष्मा काफ्ले खटाइएको छ ।

त्यसैगरी, पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाई, डेण्टल सर्जन भूमेस काफ्ले, तिला गाउँपालिका प्रध्यापक संचिव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिंजा गाउँपालिकामा उपप्रध्यापक विशाल पोख्रेल र डेण्टल सर्जन दृष्टिराज जोशीलाई खटाईएको प्रतिष्ठानले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकामा चिकित्सक सम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा. प्रविण गिरी र प्रध्यापक चिकित्सक. अर्जुन तिवारी खदिएका भएका छन् ।

यसैगरी, हिमा गाउँपालिकामा मेडिकल अधिकृत अज्जीत मिश्र र मेडिकल अधिकृत चिकित्सक. महिमा थापालाई खटाइएको छ । हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपद् व्यवस्थापन समितिको वैठकमा बर्षौ हुदा प्राथिमिक स्वास्थ्य केन्द्रमा सरकारले डाक्टर पठाउन नसकेको भन्दै तत्काल डाक्टर पठाउन अनुरोध गरे । गाउँपालिकाले क्वारेन्टिनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचार समेत गरेको थियो ।

यसैगरी, हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरवन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिलेसम्म नहुदा संकटको घडिमा पनि समस्या भएको गाउँपालिकाले जनाउदै आएको छ ।

यता, जिल्ला बिपत व्यवस्थापन समितिको वैठकमा स्थानीय तहले स्वास्थ्य र सुरक्षाको क्वारेन्टिनमा ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सवै स्थानीय तहमा डाक्टर पठाउने प्रतिवद्धता जनाएको थियो । यसैगरी गाउँपालिकाका एकिकृत क्वारेन्टाइनमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्लास्थित सुरक्षा प्रमुखको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ