गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, ०८:१२ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बलात्कार आरोपमा पक्राउ परेका उनमा असार २६ गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कोरोना पुष्टि भएका थुनुवा असार १५ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम प्रसाद घर्तिले जानकारी दिए । पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको उनको भनाइ छ। आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो। तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरी नायव उपरिक्षक (डिएसपि) घर्तिले जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ४ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ