गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, ०८:१२ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बलात्कार आरोपमा पक्राउ परेका उनमा असार २६ गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कोरोना पुष्टि भएका थुनुवा असार १५ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम प्रसाद घर्तिले जानकारी दिए । पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको उनको भनाइ छ। आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो। तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरी नायव उपरिक्षक (डिएसपि) घर्तिले जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? तीन डाक्टर अब ‘माननीय’ माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड मान्छे किन कोही गोरो कोही कालो हुन्छ ? सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? तीन डाक्टर अब ‘माननीय’ माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड