गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह कोभिड-१९ को जोखिम बढ्ने भन्दै कर्णाली प्रदेशसभामा पत्रिका नल्याउन आग्रह चन्द्रा कँडेल बिहीबार, २०७७ साउन १५ गते, १२:३४ मा प्रकाशित सुर्खेत– कोरोना भाइरस अर्थात कोभिड-१९ को जोखिम बढ्न सक्ने भन्दै कर्णाली प्रदेशसभामा स्थानीय पत्र-पत्रिका नल्याउन प्रदेश सभाले सम्बन्धित पत्रिकाहरुलाई अनुरोध गरेको छ । प्रदेशसभा सचिवालयले स्थानीय पत्रिका आपूर्ति बन्द गराइएको पत्र सम्बन्धित पत्रिकाहरूलाई पठाएको जनाएको छ । कोरोना जोखिमको कारण देखाउँदै स्थानीय पत्रिका नल्याउन भनिएको हो। प्रदेशसभा सचिवालयले लेखेको पत्रमा अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि पत्रिका नल्याउन भनिएको छ । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोनाको जोखिम बढ्ने भएकाले हाल पत्रिका आपूर्ति गर्न बन्द गरिएको बताए । उनले अनलाइनमार्फत पनि समाचारहरु पढ्न सकिने भएकाले जोखिमका समयमा पत्रिका नल्याउन अनुरोध गरिएको जानकारी दिए । ‘स्थानीय मात्र नभइ राष्ट्रिय पत्रिकाहरू पनि नल्याउन भनिएको छ । अहिले कोरोनाको जोखिम भएकाले स्थानीय तथा राष्ट्रिय पत्रिका बन्द गरिएको हो । प्रायः अनलाइनबाट समाचारहरू पढ्ने भएकाले पनि जोखिमको समयमा हामीले पत्रिका नल्याउन अनुरोध गरेका हौं,’ सचिव बुढाथोकीले भने । पत्रिका ल्याउदा सबै जनाले पढ्ने हुदाँ जोखिम बढ्ने खतरा देखिएकाले जोखिम कम नहुनेबेलासम्म पत्रिका नल्याउन आग्रह गरिएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंजाको जोडुमा स्वास्थ्य शिविर, २७२ जनाले सेवा लिए सुर्खेतका औषधि व्यवसायी आन्दोलित सल्यानमा निःशुल्क आँखा शिविरः सात सयभन्दा बढी लाभान्वित दुर्गम गोठीगाउँमा स्वास्थ्य शिविर, ११० जना महिलाले लिए सेवा अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट TFN ट्रेण्डिङ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन