२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रनगरमा प्रभावकारी स्वास्थ्य सेवा नपाएको भन्दै नागरिक आन्दोलित

वीरेन्द्रनगरमा प्रभावकारी स्वास्थ्य सेवा नपाएको भन्दै नागरिक आन्दोलित


सुर्खेत – वीरेन्द्र नगरनगरपालिका ८ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकहरु आन्दोलित बनेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै प्रभावकारी स्वास्थ्य सेवा नपाएको भन्दै नागरिकहरु आन्दोलित बनेका हुन् ।

वीरेन्द्रनगर नगरपालिका–८ खजुराका स्थानीय नागरिकहरुले स्वास्थ्य सेवा केन्द्रबाट पाउने कुनै पनि स्वास्थ्य सेवा नपाएको बताएका छन् । उनीहरुले विहीबार वीरेन्द्रनगर नगरपालिका पुगेर प्रभावकारी स्वास्थ्य सेवा दिनुपर्ने भन्दै चर्को नारावाजी गरेका हुन् ।

केन्द्रका कर्मचारीहरुले राम्रो व्यवहार नगर्ने र सेवाग्राहीसँग झर्किने गरेको स्थानीयको आरोप छ । सेवा लिन जाँदा कर्मचारीले बेवास्था गर्ने, सुइटर बुनेर, मोबाइल चलाएर बस्ने र आफ्ना समस्या राख्दा झर्किने गरेको स्थानिय तुल्सी पुलामीले बताइन ।

शहरी स्वास्थ्य सेवा केन्द्रका ईन्चार्ज प्रेमा थानीले सीमित स्रोत साधनबाट केन्द्रले उपलव्ध गराउने सेवाहरु दिइरहेको जनाएकी छन् । हामिले दिन सक्ने र दिनमिल्ने सेवा दिईरहेका छौँ । उनले भनिन्, ‘ स्वास्थ्य केन्द्रमा तीन जना महिला कर्मचारी मात्रै छौं । हामीले प्रदान गर्ने सेवामा कुनै कमजोरी भएको छैन्, स्वास्थ्य केन्द्रले के-कति सेवा दिन्छ भन्नेबारे नागरिकहरुमा जानकारी नहुँदा केन्द्रप्रति अनावश्यक आरोप लागेको उनी बताउछिन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ