२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा औलो रोगको जोखिम कायमै

कर्णालीमा औलो रोगको जोखिम कायमै


सुर्खेत – कर्णालीमा औलोको जोखिम अझै कायमै रहेको बताइएको छ । आइतबार विश्व औलो दिवशको अवसरमा स्वाथ्य सेवा निर्देशनालयले आयोजना गरेको पत्रकार अन्तक्रिया कार्यक्रममा औलोको जोखिम अझै कायमै रहेको बताइएको हो ।

अप्रिल २५ का दिन विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवश मनाउने गरिन्छ । यस वर्ष शुन्य औलोको लक्ष्यमा पुग्दैछौ भन्ने नाराका साथ यो दिवश मनाईएको छ । लामखुट्टृको टोकाईका कारण फैलने औलो (मलरिया रोग) कर्णालीमा विगतका वर्षका तुलनामा क्रमश घट्दै गएको भएपनि वर्तमान अवस्थामा पनि जोखिम कायमै रहेको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयकाका वरिष्ठ स्वाथ्य अधिकृत श्यामलाल आचार्यले बताए ।

कर्णालीमा यो आर्थिक वर्षको हाल सम्म औलोका कुल २९ केश मध्य हुम्ला ६, मुगु २, कालिकोट ६, सुर्खेत १३, रुकुम पश्चिम २ जनामा औलो रोग देखा परेको छ । सरकाले नेपालमा औलो उन्मुलन गर्न २०२५ सम्मको दिर्घकालिन रणनीति लिएकको भएता पनि शुन्यमा लैजान निकै चुनौती भएको छ । तर हामिले शुन्य बनाउने उदेश्य पुरा गर्न काम गरिरहेका छौ ।

उनका अनुसार, यसका लक्षणहरु ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सिफोरम परजीवीका कारण हुने औलोमा इन्सेफलाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।

यो रोग रोकथामका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, विषादीयुक्त झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घर वरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ