२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथमा कोभिड-१९ संक्रमित छ्याप-छ्याप्ती, आइसोलेसन छैन

चन्दननाथमा कोभिड-१९ संक्रमित छ्याप-छ्याप्ती, आइसोलेसन छैन


जुम्ला-जुम्लामा कोभिड १९ को दोस्रो लहरको तीब्र गतिमा फैलिरहेको छ । जुम्लाका ८ स्थानीय तहमध्ये धेरै कोरोना संक्रमित चन्दननाथ नगरपालिकामा छन् ।

नगरपालिकाभित्र ६७ जना कोरोना संक्रमित छन् । सहरी क्षेत्र र जनघनत्व पनि अरु गाउँपालिका भन्दा बढी नै छ ।

नगरपालिकामा संस्थागत आइसोलेन नभएकाले सबै संक्रमित होम आइसोलेसन बस्ने गरेका छन् । होम आइसोलेनमा बस्ने संक्रमित कोरोना रोगप्रति संवेदनशील हुने गरेका छैन । संक्रमित आइसोलेट भएर स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्ने हो । तर, संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँमा जाने कारण संक्रमण थप जोखिम बढेको छ ।

यस्तै पातारासीमा ३२ जना, गुठीचौरमा २६ जना, तातोपानीमा ५ जना, तिलामा ११ जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना र अन्य ३८ जना गरी २२४ कोभिडको विरामी रहेका छन् ।

शुक्रबार जिल्लामा बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकबाट १ जेठदेखि ११ गतेसम्म स्वास्थ्य क्षेत्रबाहेक सबै ठप्प पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

आठै स्थानीय तहले ५०÷५० बेडको आइसोलेसन तथा ५÷५ बेडको कोभिड अस्पताल संचालनमा ल्याउने कोभिड संकट व्यवस्थापन समितिले बैठक गरेको छ । तर , चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश र संघीय सरकारले बजेट नदिएकोले आइसोलेसन कक्ष नबनाउने बताइन् ।

उनले चन्दननाथ नगरपालिकाभित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल छ भनेर बजेट नदिने अहिले हामी कसरी आइसोलेसन कक्षा बनाउने भन्दै आक्रोश व्यक्त गरिन् । ‘कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि हामी जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालित छौं,’ उनले भनिन्, ‘होमआइसोलेसनमा बसेका संक्रमितलाई पोषणयुक्त आहारा वितरण गरेका छौं ।’

कोभिड संकट व्यवस्थापन समितिको निर्णयअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्थानीय तहमा चिकित्सक पठाउने प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनले भने, ‘स्थानीय तहमा चिकित्सकलाई बस्ने वातावरण स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ