२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गमका महिलाका पीडा : व्यथा लागेको १८ घन्टापछि उद्दार

दुर्गमका महिलाका पीडा : व्यथा लागेको १८ घन्टापछि उद्दार


जुम्ला – हुम्लाकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेको १८ घण्टापछि हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल लगि ज्यान जोगाइएको छ । अदानचुली गाउँपालिका वडा नम्बर ५ बारीगाउँकी १८ वर्षीया सुनकेशा ऐडीलाई व्यथा लागेको १८ घण्टा पछि  हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पताल लगिएको थियो ।

सुत्केरी व्यथा लागेको करिब १८ घन्टा बढी समयसम्म ती महिलाले बच्चा जन्माउन सकेकी थिइनन् । त्यसपछि महिला, बालबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार अपराह्न ५ बजे सुत्केरी महिलाको उद्दार गरिएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

बुधबार रातिबाट घरमै सुत्केरी व्यथा लागेर सिकिस्त बनेकी ऐडीलाई नजिकैको लौठी स्वास्थ्य चौकी बारीगाउँमा राखेर उपचार गर्दा पनि बच्चा नजन्मिँदा व्यथाले च्यापेको थियो ।

स्वास्थ्य चौकीमा १८ घन्टा बढी समय राख्न नमिल्ने भएकाले सुर्खेतका लागि रिफर गरेको स्वास्थ्य चौकी इन्चार्ज विनोद बुढाले बताए । सुत्केरी महिलाको थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी सुर्खेत लगिएको हो । अहिले आमा र बच्चा दुवै सकुशल रहेको अस्पतालले जनाएको छ ।

माथिल्ला कर्णालीका हुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा त्यहाँका महिलाहरुले निकै पिडा भोगिरहनु परेको छ  । समयमै अस्पताल पुर्‍याउन नसक्दा वर्षेनी धेरै महिलाहरुको ज्यान समेत जाने गरेको पाइन्छ ।

 यिनै दुर्गम जिल्लाका बिरामी अर्थात सुत्केरी महिलालाई थप उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जाने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश
ट्याग : #जुम्ला, #दुर्गमका महिलाका पीडा, #व्यथा लागेको १८ घन्टापछि उद्दार


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ