२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मुगुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


मुगु—मुगुमा केएमसीका पूर्व विद्यार्थी संघले निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको छ । १३ असोजमा संघले मुगुको छायानाथ रारा नगरपालिका कार्कीवाडाको नेपाल राष्ट्रिय आधारभूत माविमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान सेन्टर, कान्ति बाल अस्पताल, पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकद्वारा उक्त शिविरमा रोगको परिक्षण गर्नुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरबाट जिल्ला अस्पताल पहुँचमा नभएका छायाँनाथ रारा नगरपालिकाका वासिन्दाले स्वास्थ्य लाभ लिएका थिए । केएमसी एजुकेसन नेटवर्क र छायानाथ रारा नगरपालिका वडा नं. ५ को सहकार्यमा भएको उक्त शिविरमा करिब ६०० जनाभन्दा बढी विरामीले स्वास्थ्य उपचार पाएको आयोजकले संस्थाका अध्यक्ष डा. अच्युतशाली घिमिरेले जानकारी दिए । यसअघि उक्त संस्थाले कोशी टापु, सुनसरी, धादिङलगायका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिसकेको छ ।

शिविरमा बाल रोग, नशा तथा हाडजोर्नीको समस्या, छाला रोग, स्त्री तथा प्रसुती रागेका साथै अन्य सामान्य रोगका विरामीलाई उचित परामर्श र निःशुल्क उपचार गरिएको चिकित्सक टोलीका संयोजक डा. पुरुषोत्तम अधिकारीले बताए ।

केएमसी पूर्व विद्यार्थी संघ काठमाडौं मोडल कलेज बागबजारबाट प्लस टु गरी देश विदेशमा रहेका १४ हजार बढी चिकित्सक, इन्जिनियर, सिए आदिको छाता संगठन हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ