२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगर्भवती महिलाको प्रसव पीडाले जन्माएको मितेरी बर्थिङ सेन्टर

गर्भवती महिलाको प्रसव पीडाले जन्माएको मितेरी बर्थिङ सेन्टर


जुम्ला–तत्कालिन शनिगाउँ गाविस संघीय संरचनापछि सिँजा गाउँपालिका –५ र ६ नम्बर वडामा पर्ने जोडु, भाडगाउँ, फुर्र, काडागाउँ, शनिगाउँ र गोेरालगायत गाउँबस्ती छन् । यिनै दुर्गम गाउँ बस्तीमा पुग्ने कच्ची सडकको ट्रयाक खोलिए पनि सवारी साधन भने नियमित सञ्चालन हुँदैनन् । सडकको स्तरवृद्धि गर्नुपर्ने देखिन्छ ।

यिनै गाउँ बस्तीका अधिकाँश गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका थिए । ६ नम्बर वडाका तत्कालिन वडाध्यक्ष कालीबहादुर बुढाका अनुसार यो ठाउँमा २०७५ बर्थिङ सेन्टर स्थापना नहुदा अघि यहाँका गर्भवती महिलालाई बोकेर शनिगाउँ, नराकोट, खलंगा लिनु पर्ने अवस्था   थियो ।

एक जना गर्भवती महिला बाटोमै सुत्केरी भइन् । नवजात शिशुको मृत्यु भयो । अर्की गर्भवती महिला बर्थिङ सेन्टरमा लैजादा लैजादै बाटोमा बच्चाको हात निस्कियो । नराकोट बर्थिङ सेन्टरमा शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । बच्चा बचेन उनले भने । यस्ता किसिमका यहाँका महिलाले धेरै दुख्याहा पाएपछि एक्सन वक्र्स नेपालको सहयोगमा २०७५ सालमा सिँजा गाउँपालिका – ६ दाता स्थित मितेरी बर्थिङ सेन्टर स्थापना भएको    हो ।

बर्थिङ सेन्टर स्थापनादेखि एक्सन वक्र्स नेपालले एक जना स्वास्थ्यकर्मी (अनमी) राखेर गर्भवती महिलालाई चेकजाँच देखि सुत्केरी गराउदै आएको तत्कालिन वडाध्यक्ष बुढाले बताए ।

बर्थिङ सेन्टरकी अनमी सारादा रोकायाले भनिन् स्थापना भएदेखि ०८० बैशाख मसान्तसम्म ८५ जना गर्भवती महिला सुत्केरी भएको बताइन् । उनले भनिन् यहाँबाट दुई जना गर्भवती महिलालाई मात्रै रेफर गरिएको हो । गर्भ चेकजाँच गर्न नमान्ने, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुनु पर्छ भन्ने जानकारी नै नआएका महिलाहरु पछिल्लो समय सचेतीकरण भएर नियमित चेकजाँच र प्रसुति गर्न स्वास्थ्य संस्थामा आउने गरेका छन् ।
अहिलेसम्म नियमित सञ्चालनमा आएको बर्थिङ सेन्टर गाउँपालिकालाई हस्तान्तरण पछि बन्द नहोस र यहाँका गर्भवती महिलाले सेवा पाईराखुन उनले सुझाइन् ।

सिँजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले दुर्गम ठाउँमा बर्थिङ सेन्टरले सेवा प्रवाह गर्दा आमा सुरक्षा सूचक बृद्धि भएको बताए । उनले भने अहिले पनि कतिपय गर्भवती महिला घरमै असुरक्षित सुत्केरी हुने गरेका छन् । विशेष गरी यो वडा भित्र पर्ने काँडागाउँका गर्भवती महिला शनिगाउँ र दाता बर्थिङ सेन्टरमा प्रसुति हुन आउने गरेका छैनन् । सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामै सुत्केरी हुन सुझाए पनि भूतप्रेत लाग्छ भन्ने परम्परागत कुसँस्कारको भ्रममा पर्ने गरेका छन् ।

आवश्यकता ठानेर स्थापना गरेको बर्थिङ सेन्टर पाँच वर्षपछि सिँजा गाउँपालिकालाई हस्तान्तरण गरेको एक्सन वक्र्स नेपालकी अध्यक्ष सम्झना पौडेलले बताइन् । उनले भनिन् स्थानीय स्तरबाटै माग भएपछि सरोकारवाला निकायको समन्वयमा स्थापना भएको हो । जेठ ३ गतेदेखि यस बर्थिङ सेन्टरको व्यवस्थापन, संरक्षण सवै गाउँपालिकाले गर्ने गरी हस्तान्तरण गरेका छौँ ।

वडाध्यक्ष तथा सामाजिक समितिका संयोजक तीर्थ वडाले भने दुर्गम क्षेत्रमा गर्भवती महिलाको सेवाका लागि एक्सन वर्कर्स नेपालले बर्थिङ सेन्टर स्थापना गर्नु सबल पक्ष भएको बताए । ‘राज्यको परिपूरणका रुपमा काम गर्ने सहयोगी संस्थाप्रति कृतज्ञ नै छौँ ।’ उनले भने ‘ पाँच वर्षसम्म पूर्ण व्यवस्थासहित बर्थिङ सेन्टरले गर्भवती महिलालाई सेवा दिदै आएको छ । हस्तान्तरपछि पनि यो बर्थिङ सेन्टर नियमित रुपमा सञ्चालन हुने छ । पालीकादेखि संरक्षणदेखि व्यवस्थापन गरी यहाँका गर्भवती महिलाको सेवा गर्ने छ ।’

एक्सन वर्कर्स नेपालले बर्थिङ सेन्टर संचालनका लागि भौतिक संरचना निर्माण, प्रसुति स्वास्थ्य सामग्री, सोलार प्रणाली र एक जना स्वास्थ्यकर्मी अनमी समेत पाँच वर्षदेखि व्यवस्थापन गर्दै आएको थियो । वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर बुढाका अनुसार हस्तान्तरणपछि सवै जिम्मेवारी पालिकाको काँघमा आए छ । यसको व्यवस्थापन देखि संरक्षणको गाउँपालिका देखि समुदायको भुमिका रहने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ