२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा भूकम्पका २९ जना घाइतेको उपचार हुँदै

कर्णाली प्रदेश अस्पतालमा भूकम्पका २९ जना घाइतेको उपचार हुँदै


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पतालमा भूकम्पबाट घाइते भएका २९ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । शुक्रबार राती जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका परेका उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि आएका भूकम्प परि घाइते भएकामध्ये ३ जना डिस्चार्ज भएको अन्यका अस्पतालमा उपचार भइरहेको वरिष्ठ अर्थोपेडिक सर्जन तथा अस्पतालका प्रवक्ता डा. विकास केसीले बताए । ‘उपचारमा रहेकामध्ये एक जनालाई न्युरो आईसीयुमा भेन्टिलेटरमा राखिएको छ,’ उनले भने, ‘अन्यको स्वास्थ्यमा सुधारोन्मुख रहेको छ ।’

प्रदेश अस्पतालमा उपचार गराइरहेकामा जाजरकोट भेरी नगरपालिका १० जना, बारेकोट गाउँपालिका ३ जना, नलगाड नगरपालिकाका १
जना र कुशे गाउँपालिकाका २ जना रहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै, रुकुमपश्चिम चौरजहारी नगरपालिका ६ जना, सानोभेरी नगरपालिका २ जना र आठबिसकोट नगरपालिका ५ जना रहेको अस्पतालले जनाएको छ ।

२० जनाको अर्थोपेडिक, न्युरो आईसीयुमा १ जना, सर्जरी ३ जना, इमर्जेन्सीमा २ जना र डिस्चार्ज ३ जनाको भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ