२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा भूकम्पका २९ जना घाइतेको उपचार हुँदै

कर्णाली प्रदेश अस्पतालमा भूकम्पका २९ जना घाइतेको उपचार हुँदै


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पतालमा भूकम्पबाट घाइते भएका २९ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । शुक्रबार राती जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका परेका उपचार कर्णाली प्रदेश अस्पतालमा भइरहेको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि आएका भूकम्प परि घाइते भएकामध्ये ३ जना डिस्चार्ज भएको अन्यका अस्पतालमा उपचार भइरहेको वरिष्ठ अर्थोपेडिक सर्जन तथा अस्पतालका प्रवक्ता डा. विकास केसीले बताए । ‘उपचारमा रहेकामध्ये एक जनालाई न्युरो आईसीयुमा भेन्टिलेटरमा राखिएको छ,’ उनले भने, ‘अन्यको स्वास्थ्यमा सुधारोन्मुख रहेको छ ।’

प्रदेश अस्पतालमा उपचार गराइरहेकामा जाजरकोट भेरी नगरपालिका १० जना, बारेकोट गाउँपालिका ३ जना, नलगाड नगरपालिकाका १
जना र कुशे गाउँपालिकाका २ जना रहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै, रुकुमपश्चिम चौरजहारी नगरपालिका ६ जना, सानोभेरी नगरपालिका २ जना र आठबिसकोट नगरपालिका ५ जना रहेको अस्पतालले जनाएको छ ।

२० जनाको अर्थोपेडिक, न्युरो आईसीयुमा १ जना, सर्जरी ३ जना, इमर्जेन्सीमा २ जना र डिस्चार्ज ३ जनाको भएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ