२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभूकम्प पीडितका लागि जुम्लाको तातोपानी गाउँपालिकाको आर्थिक सहयोग 

भूकम्प पीडितका लागि जुम्लाको तातोपानी गाउँपालिकाको आर्थिक सहयोग 


जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडिका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रवार राति ११ः४७ जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएका बेला गाउँपालिकाले पीडितहरूका १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले भूकम्प पीडित जिल्लाहरूका लागि उद्धार, उपचार र पुन:र्निर्माण सहयोगका लागि यस पालिकाले सहयोग गर्ने निर्णयसहित दश लाख रुपैयाँ आर्थिक सहायता नेपाल सरकार मार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

त्यस्तै सिजा गाउँपालिकाले पनि १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ