२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘आवश्यक राहत उपलब्ध गराउनु अहिले आवश्यकता हो’: मुख्यमन्त्री शर्मा

‘आवश्यक राहत उपलब्ध गराउनु अहिले आवश्यकता हो’: मुख्यमन्त्री शर्मा


वीरेन्द्रनगर– कर्णाली मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प पीडितहरूलाई राहत उद्धार पहिलो प्राथमिकता रहेको छन् । एक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शर्माले भूकम्पबाट पीडितहरूको राहत उद्धार र उपचार नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् ।

अबको काम प्रभावितहरूलाई अस्थायी विकासकालागि त्रिपाल, ओढ्ने ओछ्याउने, भाँडाकुँडा, खानेकुरा र पुनर्निर्माण व्यवस्था गर्नु अति आवश्यक छ रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए । ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ । विपदबाट  उत्पन्न समस्या समाधान गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक हुने भएकाले सङ्घीय सरकार, अन्य प्रदेश सरकारहरू, राजनीतिक दलहरू, विकास साझेदारहरू, सामाजिक संस्था लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली र विश्व समुदायलाई समेत सहयोगको लागि हार्दिक अपिल गर्दछु ।’ उनले भने, छिटोछरितो पीडितसम्म पुग्नु नै अहिले मुख्य काम हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ