२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानका स्थानीय तहहरुले भूकम्प पिडितलाई २० लाख राहत रकम पठाउने

सल्यानका स्थानीय तहहरुले भूकम्प पिडितलाई २० लाख राहत रकम पठाउने


सुर्खेत– सल्यानका स्थानीय तहहरुले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुका लागि राहत रकम पठाउने भएका छन् । जिल्लाका दश वटा स्थानीय तहहरुले दुई/दुई लाख रुपैयाँको दरले राहत रकम एकद्वार प्रणालीबाटै २० लाख राहत उपलब्ध गराउने निर्णय गरेका हुन् ।

एकद्वार प्रर्णालीबाट राहत उपलब्ध गराउने निर्णय भएको बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले जानकारी दिए । ‘आइतबार जिल्ला विपद् व्यवस्थापन समिति, सल्यानको बसेको बैठकले यो निर्णय गरेको हो ।’ उनले भने,‘जिल्ला प्रशासन कार्यालय मार्फत नै राहत दिने निर्णय गरेका छौं ।’

उक्त बैठक पश्चात जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको अध्यक्षतामा स्थानीय तहका प्रमुख तथा प्रतिनिधी सहित बसेको बैठकले एक स्थानीय तहबाट दुई लाख रुपैयाँको दरले २० लाख रुपैयाँ नगद भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पठाउने निर्णय गरेको हो ।

स्थानीय तहहरुले जिल्ला विपद व्यवस्थापन कोषमा राहत स्वरुपको रकम जम्मा गर्ने तथा उक्त रकमको ६० प्रतिशत जाजरकोट र ४० प्रतिशत रुकुम पश्चिममा सम्बन्धीत जिल्लाको विपद व्यवस्थापन कोष मार्फत भुकम्प प्रभावित राहत, उद्धार, पुनस्र्थापनाका लागि पठाउने निर्णय भएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ