२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसामाजिक विकास मन्त्रीले सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काए

सामाजिक विकास मन्त्रीले सुदूरपश्चिमको मेडिकल टोलीलाई सुर्खेतबाटै फर्काए

सुदूरपश्चिमले पठाएको औषधी बुझेर आफै बाँडे


वीरेन्द्रनगर—कर्णाली प्रदेशका सामाजिक मन्त्री खड्कप्रसाद पोखरेलले सुदूरपश्चिम प्रदेशबाट आएको मेडिकल टोलीलाई सुर्खेतबाट नै फर्काएका छन् । आइतबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि आएको सुदूरपश्चिमका चिकित्सकको टोलीलाई सुर्खेतबाट नै फर्काएका हुन् ।

भूकम्प प्रभावित क्षेत्रमा घाइते भएकाहरुको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले पठाएको विशेषज्ञ चिकित्सकसहितको टोलीलाई कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री पोखरेलले सुर्खेतबाट नै फर्काएका हुन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. शिवराज पनेरुको नेतृत्वमा चिकित्सक डा. गणेश फुलारा, स्वास्थ्य निर्देशनालयका विपद् सम्पर्क व्यक्ति हेमराज जोशी र स्वास्थ्य कार्यालय कैलालीका मीनबहादुर धामीसहित चार जना स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा जानका लागि सुर्खेत पुगेको थियो ।

सुर्खेतमा सामाजिक विकास मन्त्री पोखरेलले आवश्यक नभएको भन्दै सुदूरपश्चिम नै फर्काएको सामाजिक विकास मन्त्रालय स्रोत जानकारी दियो । फर्किने भएपछि चिकित्सकको टोलीले सुदूरपश्चिम प्रदेश सरकारले पठाएको करिब चार लाख रुपैयाँ बराबरको औषधी मन्त्री पोखरेललाई हस्तान्तरण गरेको थियो ।

त्यो औषधि लिएर लोकप्रियताका लागि पोखरेलले सोमबार भूकम्प प्रभावित क्षेत्र जाजरकोटको नलगाड नगरपालिका र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकालाई हस्तान्तरण गरेको मन्त्रालय स्रोत जानकारी दियो । ‘मन्त्रीज्यूले लोकप्रियताका लागि औषधी सुदूरपश्चिम सरकार दिएको लिएर जानुभयो,’ स्रोतले भन्यो, ‘आवश्यक चिकित्सक टोलीलाई फिर्ता गरिदिनुभयो । यो राम्रो काम भएन् । सुदूरपश्चिम सरकारले दिएको औषधी आफैले दिए जस्तो गर्नुभयो ।’

कर्मचारीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेमा मन्त्री पोखरेलले नगरपालिकालाई सामाजिक विकास मन्त्रालयले नै दिएको भरपाई बनाउन लगाएको ती नगरपालिकाले जनाएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ