२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभूकम्पका घाइतेको अवस्था सुधारोन्मुख

भूकम्पका घाइतेको अवस्था सुधारोन्मुख


वीरेन्द्रनगर– कर्णाली प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी घाइते भएकाहरूको अवस्था सुधारोन्मुख रहेको जनाएको छ । बिहीबार अस्पतालले पत्रकार सम्मेलन गरी घाइतेहरूको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिँदै सो बताएको हो ।

प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ । अस्पतालले घाइतेहरूलाई वर्गीकरण गरी उपचार गरेको छ । उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, १ जना न्यूरो आइसियु भेन्टिलेटरमा, १ आइसियुमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पतालका निर्देशक प्रा.डाक्टर डम्बर खड्काले जानकारी दिए ।

अस्पतालमा जाजरकोटका भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, यस्तै कुशे गाउँपालिका, जुनीजाँदे गाउँपालिका, छेडागाड नगरपालिका र रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरूको उपचार गरिएको छ । तीमध्ये १७ जना पुरुष र १८ जना महिला रहेका छन् । अस्पतालमा ५ वर्ष मुनिका ६ जना बालबालिकाको उपचार भइरहेको भने ५ जनाको शल्यक्रिया गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ