२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभूकम्प प्रभावित पत्रकारका लागि मनोविमर्श तथा क्षमता अभिवृद्धि अभियान सुरु 

भूकम्प प्रभावित पत्रकारका लागि मनोविमर्श तथा क्षमता अभिवृद्धि अभियान सुरु 


वीरेन्द्रनगर- जाजरकोट गएको भूकम्पका कारण प्रभावित भएका पत्रकारका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि कार्यक्रम सुरुवात गरिएको छ । युनेस्को काठमाडौं, सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)र मानसिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र (सीएमसी) नेपालको सहकार्यमा सुरु भएको कार्यक्रममा सुरु भएको हो ।

भूकम्प प्रभावित पत्रकारलाई भूकम्पपछि शारीरिक तथा मानसिक रूपमा देखिने परिवर्तन, यस्तो अवस्थाको सामनाका लागि अपनाउनु पर्ने सावधानीलगायतका बारेमा जानकारी गराइएको सीएमसी नेपालका मनोविद् गोपाल बोहराले बताए ।

भूकम्पपछि पनि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमले प्रभावित नागरिक, सरकारी तथा गैरसरकारी निकाय र सहायताकर्मीहरूलाई कसरी जोड्न सक्छन् भन्ने बारेमा उनले जानकारी गराए ।

भूकम्पका कारण घरबारविहीन भएका, समाचार सङ्कलन सामग्रीमा क्षति पुगेका पत्रकारमा कामप्रतिको मोह घट्दै गएको समयमा उनीहरूका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग र क्षमता बढाउने कार्यक्रम चलाउनु सकारात्मक रहेको अकोराबका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बालकुमार शर्माले बताए । ‘जाजरकोटमा भूकम्पका कारण ४६ जना पत्रकार प्रभावित छन् ।’ उनले भने,‘तीमध्ये जिल्लाका ५ वटा सामुदायिक रेडियोमा आबद्ध २४ जना छन् ।’

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पत्रकार तथा प्रभावित नागरिकलाई मनोपरामर्श तथा क्षमता अभिवृद्धि कार्यक्रम करिब १ महिना सञ्चालन हुनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ