२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानको छत्रेश्वरी गाउँपालिकामा स्यानेटरी प्याड बनाउने तालिम

सल्यानको छत्रेश्वरी गाउँपालिकामा स्यानेटरी प्याड बनाउने तालिम


वीरेन्द्रनगर– सल्यानको छत्रेश्वरी गाउँपालिकामा मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सुरु भएको छ । महिनावारी सम्बन्धी संकुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि दुई दिने तालिमको आयोजना गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका, वास इकाईको आयोजनामा सोमबारदेखि सुरु भएको तालिममा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, धामी, झाँक्री तथा पुजारीहरूको सहभागिता रहेको छ ।

महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले धामी तथा पुजारीहरूलाई पनि तालिममा सहभागी बनाइएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी बताए । ‘घरेलु प्याड निर्माण तालिमसँगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका अभिमुखीकरण गरिने छ ।’ उनले भने,‘मर्यादित महिनावारी प्रवर्द्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ