२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार

एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार


वीरेन्द्रनगर– कालिकोटको पचालझरना गाउँपालिमा सञ्चालन गरिएको एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट नौ सय बढी नागरिकले सेवा लिएका छन् । गत सोमबार र मङ्गलवार स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा पचालझरना गाउँपालिकाको समन्वय सञ्चालन गरेको दुई दिने निःशुल्क शिविरबाट नौ सय ७० जना नागरिकले सेवा लिएका हुन् । सेवा लिने मध्ये छ सय ८५ जना महिला र दुई सय ८५ जना पुरुष रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल, जिल्ला आँखा उपचार केन्द्र कालिकोट टोलीले सेवा दिएका थिए ।  आँखा उपचार सेवा लिनेमा महिला दुई सय छ जना, पुरुष एक सय १७ जना गरी तीन सय २३ जना,  स्वास्थ्य परीक्षण तथा उपचा सेवा लिनेमा महिला तीन सय ४०, पुरुष  एक सय ४४ गरी जम्मा चार सय ८४ जना रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालिकोटका प्रमुख कटकबहादुर महतले बताए ।

त्यस्तै, दन्त रोग तथा मुख स्वास्थ्य सेवा लिनेमा महिला ६९ जना, पुरुष २३ गरी जम्मा ९२ जना, क्षयरोगको नमुना संकलन गरिनेमा महिला ५० जना, पुरुष २० गरी जम्मा ७० जना, स्त्री तथा प्रसूति रोग सेवा लिनेमा दुई ३३ जना रहेको प्रमुख महतले भनाई छ । ‘नौ जनामा रिङ्ग पेसरि राखेको, ३६ जनामा भिएलए टेष्ट, प्रयोगशाला सेवा लिनेमा महिला एक सय ३३, पुरुष ७७ गरी जम्मा दुई १० जना लिनुभएको छ ।’ उनले भने,‘भिडियो एक्स रे सेवा लिनेमा महिला दुई सय २१ जना, पुरुष ६७ गरी जम्मा दुई सय ८८ जनाले लिनुभएको छ ।’

प्रमुख महतका अनुसार १० जना पुरुष बन्ध्याकरण, एक जना महिलाको सामान्य शल्यक्रिया र १४  जना ज्येष्ठ नागरिकको वालक्किङ विधिबाट उपचार गरिएको बताए । यस बाहेक निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, कुष्ठरोगको नमुना संकलन र ईसिजि दिइएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ