२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सल्यानको बनगाड कुपिण्डेमा स्यानेटरी प्याड निर्माण तालिम सम्पन्न

सल्यानको बनगाड कुपिण्डेमा स्यानेटरी प्याड निर्माण तालिम सम्पन्न


वीरेन्द्रनगर– सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । महिनावारी सम्बन्धी सङ्कुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि तीन दिने तालिमको आयोजना गरिएको थियो ।

नगरपालिका, वास इकाईको आयोजनामा शुक्रवारदेखि सुरु भएको तालिममा आइतबार सकिएको हो । तालिममा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, आमा समूहहरूको पनि सहभागिता रहेको थियो।

महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले  शिक्षिका, विद्यार्थी, आमा समूह, स्वमसेविकहरुलाई पनि तालिममा सहभागी बनाइएको नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बताए । ‘घरेलु प्याड निर्माण तालिमसँगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखीकरण गरिनेछ ।’ उनले भने,‘मर्यादित महिनावारी प्रवर्द्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ