२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानको बनगाड कुपिण्डेमा स्यानेटरी प्याड निर्माण तालिम सम्पन्न

सल्यानको बनगाड कुपिण्डेमा स्यानेटरी प्याड निर्माण तालिम सम्पन्न


वीरेन्द्रनगर– सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ । महिनावारी सम्बन्धी सङ्कुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रवर्द्धन गर्नका लागि तीन दिने तालिमको आयोजना गरिएको थियो ।

नगरपालिका, वास इकाईको आयोजनामा शुक्रवारदेखि सुरु भएको तालिममा आइतबार सकिएको हो । तालिममा महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, आमा समूहहरूको पनि सहभागिता रहेको थियो।

महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले  शिक्षिका, विद्यार्थी, आमा समूह, स्वमसेविकहरुलाई पनि तालिममा सहभागी बनाइएको नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बताए । ‘घरेलु प्याड निर्माण तालिमसँगै मर्यादित महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखीकरण गरिनेछ ।’ उनले भने,‘मर्यादित महिनावारी प्रवर्द्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ