२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृतावस्थामा फेला

बेपत्ता स्वास्थ्यकर्मी चार दिनपछि मृतावस्थामा फेला


वीरेन्द्रनगर– चार दिनदेखि वेपत्ता भएका स्वास्थ्यकर्मीको शव फेला परेको छ । हुम्लाको सर्केगाड गाउँपालिका– ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घन्टा टाढाको दूरी रहेको शव फेला परेको हो ।

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला परेका छन् । पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने आफन्तको भनाइ छ।गत शुक्रबारदेखि बेपत्ता भएको जनाउँदै आफन्तले खोजी तीव्र पारेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले घटनाको विस्तृत जानकारी अझै आउन नसकेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ