२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभूकम्पका कारण २४४ स्वास्थ्य संस्थामा क्षति

भूकम्पका कारण २४४ स्वास्थ्य संस्थामा क्षति


वीरेन्द्रनगर– भूकम्प कारण जाजरकोट र रुकुमका २४४ स्वास्थ्य  संस्थामा क्षति पुगेको छ । गत कार्तिक १७ गते भएको भूकम्पका कारण  जाजरकोट १३३ स्वास्थ्य संस्था, रुकुम पश्चिमका १११ स्वास्थ्य संस्था र सल्यान जिल्लाका तीन स्वास्थ्य संस्थामा क्षति पुगेको हो ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जाजरकोटमा प्राथमिक स्वास्थ्य संस्था तिन, प्राथमिक स्वास्थ्य केन्द्रहरू एक, स्वास्थ्य चौकी ३०, आधारभूत स्वास्थ्य सेवाहरू ४४, सामुदायिक स्वास्थ्य इकाई २१ वटा र ३४ वटा वर्थिङ सेन्टरमा क्षति पुगेको छ ।

 

त्यस्तै, रुकुम पश्चिममा प्राथमिक स्वास्थ्य संस्था पाँच, प्राथमिक स्वास्थ्य केन्द्रहरू एक, स्वास्थ्य चौकी २४, आधारभूत स्वास्थ्य सेवाहरू ४५, सहरी स्वास्थ्य केन्द्र ११ वटा, सामुदायिक स्वास्थ्य इकाई चार वटा र २१ वटा वर्थिङ सेन्टरमा क्षति पुगेको छ ।

सल्यानका तीन वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।  गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । ‘स्वास्थ्य संस्थामा भएको क्षतिको आङ्कलन भइरहेकाले यो सङ्ख्या बढ्ने सक्छ ।’ उनले भने,‘ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ ।’ भवनमा क्षति भएकामा अस्थायी रूपमा त्रिपाल राखेर स्वास्थ्य सेवा प्रवाह गरिएको निर्देशक डा।खड्काले जानकारी दिए ।

 

अहिले भूकम्प प्रभावित क्षेत्रमा द्रुत मूल्याङ्कन टोली परिचालन गरी वास्तविक जानकारी लिइएको र रोग प्रकोप स्थिति नियन्त्रित गर्ने काम भइरहेको डा.खड्काले जानकारी दिए ।  ‘सम्भव भएसम्म नियमित स्वास्थ्य सेवा सुचारु गरिएको छ । रोकथाम गर्न नियमित रूपमा वास र सुरक्षा क्लस्टरसँग समन्वय गर्ने काम भइरहेको छ ।’ उनले भने,‘पानीको गुणस्तर परीक्षणमार्फत जलजन्य रोगहरू, सङ्घीय प्रदेश र स्थानीय तहबाट संयुक्त प्रतिक्रिया र केएएचएस र अन्य जिल्लाबाट मेडिकल टोली परिचालन गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ