२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न

रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न


वीरेन्द्रनगर—रेबिज विरुद्धको निःशुल्क खोप अभियान सम्पन्न भएको छ । दैलेखको आठबिस नगरपालिका—१ र ८ तिलेपाटामा रेबिज विरुद्दको खोप अभियान सम्पन्न भएको हो ।

‘रेबिज नियन्त्रणः एक स्वास्थ्य, एक गन्तब्य’ नाराका साथ खोप अभियान सञ्चालन गरिएको नेपाल पाराभेटेरीनरी एन्ड लाइभस्टक एसोसिएशन (नेभ्ला)का केन्द्रीय उपाध्यक्ष, कर्णाली प्रदेश संयोजक तथा आठबिस नगरपालिका पशु सेवा शाखा कर्मचारी प्रकाश पाण्डेले जानकारी दिए ।

‘खोप कार्यक्रममा ८० भन्दा बढी कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ,’ उनले भने, ‘नगरपालिका, वडा र नेभ्लाको संयोजनमा रेबिज विरुद्धको खोप सञ्चालन भएको हो ।’

घरपालुवा तथा सामुदायिक कुकुर रेबिज फैलाउने मुख्य जिम्मेवार मानिने गरेको कारणले रेबिज विरुद्धको खोप अभियान सञ्चालन गरिएको वडाध्यक्ष अदलबहादुर शाहीले बताए ।

‘रेबिज कुकुर प्रमुख मानिएपनि बिरालो, चमेरो, बाँदर, खरायो, घोडा, बाख्रा, स्याल, गाई, न्याउरी मुसालगायत जंगली जनावरबाट समेत सर्ने गरेको छ’ उनले भने, ‘रेबिज रोगलाई नियन्त्रण गर्नका लागि शिविर सञ्चालन गरिएको हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ