२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने

कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने


जुम्ला—जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य र फार्मेसी संकाय पढाइ हुने भएको छ ।
चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १९ मंसिरमा शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य र फार्मेसी शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो ।

आयोगले एमपीएचका लागि प्रतिष्ठानलाई ५ सिट र एमफर्माका लागि २ सिट निर्धारण गरेको हो । ‘लामो समयको प्रयासपछि प्रतिष्ठानले जनस्वास्थ्यतर्फ स्नातकोत्तर जनशक्तिको अध्ययन–अध्यापन गर्ने अवसर पाएको छ’, प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘हिमाली जिल्लाका नागरिकका लागि यो ठूलो उपलब्धि हो ।’ चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जनस्वास्थ्य विषयमा हुने डाक्टर पढाइ प्रतिष्ठान र हिमाली जिल्लाका लागि कोसेढुंगा सावित हुने उनको भनाइ छ ।

यसबाहेक प्रतिष्ठानले स्नातकोत्तर तहका सबै पाँच कार्यक्रमका लागि ११ सिट पाएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये ८ खुला, २ सरकारी र १ विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ ।

जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपी एण्ड इएम) र अर्थोपेडिक १–१ सिट, पेडियाट्रिक्समा २ सिट पाएको छ । प्रतिष्ठानले यसअघिदेखि नै स्नातकोत्तर तहको जिपी, अर्थोपेडिक, मेडिसिन, एनेस्थेसिया र पेडियाट्रिक्स जनशक्तिको अध्यापन गराउँदैं आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ