२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गम पातारासीको डिल्लीचौरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

दुर्गम पातारासीको डिल्लीचौरमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर


जुम्ला—जुम्लाको मुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । २४ बाहिनी अड्डाको आयोजना तथा नन्दा बक्स गण, पातारासी गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

नन्दा बक्स गणको व्यवस्थापनमा संचालन गरिएको स्वास्थ्य शिविर अस्पताल तथा मेडिकल सुविधाबाट बञ्चित रहेका र सहज पहुँच नभएका जुम्ला उपल्लो भेगमा बसोवास गर्ने विपन्न समुदायलाई विशेषतः राहत महसुस हुनुको साथै ‘जनताको दुःखमा नेपाली सेना’ भन्ने मनोभावसाथ गरिएको हो ।

स्वास्थ्य शिविरमा पुरुष १ सय २७ जना, महिला ४ सय २१ जना गरेर जम्मा ५ सय ४८ जना लाभान्वित भएको पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले बताए । ‘शिविरमा १ सय ३ जना महिलाको स्त्रीरोग सम्वन्धी चेकजाँच गरिएको छ । हाडजोर्नीका १६ जना, सर्जिकल सम्बन्धी ४९ जना, नाक कान घाँटी ५५ जना, छाला ६५ जना, मेडिकल सम्वन्धी १ सय ३ जना, मुटुरोग सम्वन्धी ४ जना चेकजाँच गरिएको छ ।

पातारासी गाउँपालिका–४ डिल्लीचौरस्थित मानवशास्त्री डोरबहादुर विष्टले बनाएको कर्णाली इन्स्टिच्युट भवनमा संचालन स्वास्थ्य शिविरमा उपचार गर्न आउने आउनेलाई निःशुल्क औषधीसमेत वितरण गरिएको नन्दाबक्स गण जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ