२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकृषि विकास बैंकको सहयोगमा कर्णाली प्रतिष्ठानमा ‘वाटर वर्ड’ मेसिन जडान

कृषि विकास बैंकको सहयोगमा कर्णाली प्रतिष्ठानमा ‘वाटर वर्ड’ मेसिन जडान


जुम्ला—बिरामीको सहजताका लागि कृषि विकास बैंक जुम्लाको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ‘वाटर वर्ड’ मेसिन जडान गरिएको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रतिष्ठानलाई पाँच लाख रुपैयाँ लागतको चिसो, तातो र मनतातो पानी आउने मेसिन जडान गरिएको हो ।

आइतबार बैंकका कर्णाली प्रदेशका प्रादेशिक निर्देशक डा. सुरज टण्डनले प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतलाई तातो, चिसो र मनतातो पानी आउने ‘वाटर वर्ड’ मेसिन हस्तान्तरण गरेका हुन् ।

मेसिन हिउँद र वर्षा समयको लागि उपयुक्त हुनेछ । वित्तिय साक्षरता कार्यक्रमसँगै प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक जुम्ला शाखाका प्रमुख खम्बीलाल शर्माले बताए । जुम्लामा चिसो क्रमिक बढ्दो छ ।

वृद्धवृद्धा, महिला, बालबालिकाहरु चिसोबाट बढी प्रभावित छन् । उनले भने, ‘अब अस्पताल आउने बिवरामीले चिसो, तातो पानी पिउने छन् । बढ्दो चिसो मौसमले प्रभावित विरामीहरुलाई मेसिनले राहत प्रदान गर्ने आशा छ ।’

बैंक तथा वित्तिय संस्थाले कुल नाफाको केही रकम अनिवार्य सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधान छ । अधिकांश बैंक वित्तिय क्षेत्रले नागरिकको वृहत्तर हितका लागि लगानी गरेको पाइदैन् ।

तर, कृषि विकास बैंकले नमुना कार्यका रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रतिष्ठानलाई तातो, चिसो पानी आउने मेसिन हस्तान्तरण गरेको छ । बैंक र प्रतिष्ठान एक आपसमा विगत एक दशकदेखि समन्वय सहकार्य गर्दै आएका छन् ।

बढ्दो बिरामीको चाप र चिसो मौसमलाई मध्यनजर गर्दै अस्पतालमा ५ लाख रुपैयाँ बढी लगानीको एक सय लिटर क्षमताको वाटर वर्ड मेसिन हस्तान्तरण गरिएको कृषि विकास बैंक लिमिटेड कर्णाली प्रादेशिक निर्देशक सुरज टण्डनले बताए । उनकाअनुसार आगामी दिनमा बैंकले दुर्गम क्षेत्रका नागरिकको हितका लागि लगानी गर्नेछ । बैंकले विश्वसनीय छिटो छरितो सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई निरन्तरता दिने दाबी गरे ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानमा अत्यावश्यक रहेको मेसिन प्राप्तसँगै राहत भएको बताए । अन्य समयभन्दा चिसो समयका लागि अझ बढी प्रभावकारी हुनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ