२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा टाइफाइडविरुद्धको खोप अभियान दुई चरणमा, पहिलो चरण १२ पुसदेखि सञ्चालन हुने

सुर्खेतमा टाइफाइडविरुद्धको खोप अभियान दुई चरणमा, पहिलो चरण १२ पुसदेखि सञ्चालन हुने


वीरेन्द्रनगर—सुर्खेतमा १२ पुसदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । सुर्खेतसहित भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।

सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान दुई चरणमा हुनेछ । खोप अभियान सञ्चालन गर्नका लागि आवश्यक औषधी र जनशक्ति व्यवस्थापनका सम्पूर्ण तयारीहरु पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।

‘पहिलो चरण १२ पुसदेखि १५ पुससम्म जिल्लाका लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन गरिनेछ,’ उनले भने, ‘दोस्रो चरण २१ पुसदेखि २५ पुससम्म वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।’

टाइफाइडविरुद्ध खोप अभियानबाट सुर्खेतका १६ देखि ४५ वर्ष उमेर समूहका दुई लाखभन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

अभियानमा करिब दुई हजार स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन उदय बिसीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ