२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटमा चिसोका कारण २४ वर्षीया सुत्केरीको मृत्यु

जाजरकोटमा चिसोका कारण २४ वर्षीया सुत्केरीको मृत्यु


जुम्ला—चिसोका कारण जाजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ । बुधबार बिहान जाजरकोट कुशे गाउँपालिका—९ घर्तीगाउँकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

उनको मृत्यु चिसोकै कारण भएको अध्यक्ष बस्नेतले बताए । उनले १७ मंसिरमा दुई शिशुलाई जन्म दिएकी थिइन् । १७ कात्तिकको भूकम्पपछि उनीसँगै सासु र श्रीमान् त्रिपालमा बस्दै आएकी थिए ।

यसअघि १० मंसिरमा जाजरकोट नलगाडकी २५ वर्षीया सुत्केरी शर्मिला चदाराको पनि चिसोकै कारण मृत्यु भएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ