२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटमा मापदण्ड विपरितका औषधि पसल सिल

कालिकोटमा मापदण्ड विपरितका औषधि पसल सिल


वीरेन्द्रनगर—कालीकोटमा मापदण्ड विपरितका औषधि पसलमा सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले मान्मा बजारका औषधि पसलहरु सिल गरेको हो ।

मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो । औषधि बिक्री वितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी खोलिएकाले त्यस्ता औषधि पसल र क्लिनिकहरु बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए ।

अधिकारीको नेतृत्वको संयुक्त अनुगमन टोलीले मान्म बजारमा अनुगमन गर्दा बिष्ट मेडिकल हल र कुसुम मेडिकल हलमा फार्मासिट बिनै औषधि बिक्री गरेको भन्दै ताला लगाएको हो ।

मान्म बजारको डिआर कर्णाली क्लिनिकमा फार्मेसी राखेको तर फर्मासिष्ट नभएर खोलिएको, कुसुम मेडिकल हल दर्ता भएको तर फार्मेसी नभएको यस्तै विष्ट मेडिकलमा फर्मासिट नभएको र मेडिकलमा केही औषधि औषधि विभागले प्रतिबन्ध गरेको भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फर्मासिटले नै औषधि बिक्री गरिरहेको भेरी कर्णाली मेडिकल र चंखेली मेडिकल हल रहेका छन् । सदरमुकाममै गैरकानुनी रुपमा सञ्चालन भएका औषधि पसलहरु छन् ।

कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा दुई सयको हाराहारीमा औषधि पसलहरु रहेको जसको निगरानी पालिकाले गर्न नसकेको सहायक प्रजिअ अधिकारीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ