२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटमा १३ फागुनदेखि दादुरा-रुबेला विरुद्धको खोप लगाइने

कालिकोटमा १३ फागुनदेखि दादुरा-रुबेला विरुद्धको खोप लगाइने


वीरेन्द्रनगर—कालिकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा—रुबेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लाका ९ वटा स्थानीय तहमा ९ महिनादेखि पाँच वर्षमुनिका रहेका १७ हजार ४ सय १७ जना बालबालिकालाई खोप दिने भएको हो ।

पछिल्लो समय बालवालिकामा दादुरा देखा पर्न थालेपछि त्यसबाट बालबालिकालाई मुक्त गर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालिकोटले दुई चरणमा खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा १३ देखि १५ फागुनसम्म खोप अभियान संचालन हुन जनस्वास्थ्य अधिकृत कटक महतले बताए । यस्तै, रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा १७ देखि १९ फागुनसम्म खोप सञ्चालन गरिनेछ ।

यसअघि जिल्लामा सञ्चालन गरिएको टाइफाइडविरुद्धको खोप ४९ हजार ९ सय ६ जनाले लगाएका थिए । यो कालिकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ