२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने

सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने


वीरेन्द्रनगर—सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको हो ।

पहिलो चरणमा १३ देखि १५ फागुनसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाइने छ भने दोस्रो चरणमा २१ देखि २५ फागुनसम्म वीरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपरी नगरपालिका रहेका छन् ।

प्रत्येक खोप केन्द्रमा सहयोगीसहित १ सय २५ बालबालिका बराबर ३ जना स्वास्थ्यकर्मी खटिने जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले बताए । २ सय २२ जना स्वास्थ्यकर्मीले जिल्लामा खोप अभिमुखीकरण सम्बन्धी तालिम लिएर गाउँ पुगेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ