२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने

रास्कोटमा १८९९ जना बालबालिकालाई खोप लगाइने


वीरेन्द्रनगर—कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा १ हजार ८ सय ९९ जना बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप दिइने भएको छ । नगरपालिकामा दादुरा–रूबेला खोप अभियान सञ्चालन १७ देखि १९ फागुनसम्म गरिने भएको हो ।

९ महिनादेखि ५ वर्षमुनिका बलबालिकाहरुलाई २९ वटा खोप केन्द्रमा दादुरा रुबेला खोप सञ्चालन हुने भएकोले रास्कोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनकराज न्यौपानेले बताए ।

‘नगरपालिका भित्रका १ हजार ८ सय ९९ जना बालबालिकालाई खोप लगाइनेछ,’ उनले भने, ‘बालबालिकालाई खोप अभियानबाट बञ्चित हुनबाट जोगाउनु पर्नेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ