२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा दादुरा–रुबेलाविरुद्धको खोप लगाउन ३२१ स्वास्थ्यकर्मी परिचालन गरिने

हुम्लामा दादुरा–रुबेलाविरुद्धको खोप लगाउन ३२१ स्वास्थ्यकर्मी परिचालन गरिने


वीरेन्द्रनगर—हुम्लामा सञ्चालन हुने दादुरा–रुबेलाविरुद्धको खोप अभियानका लागि ३२१ स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरिने भएको छ । खोप अभियान २५ फागुनबाट सञ्चालन हुने भएको हो ।

जिल्लाभर सबै खोप केन्द्रमा फागुन २५ गते दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु हुने स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

‘नौ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाइनेछ,’ उनले भने, ‘केन्द्रबाट ७८ वटा मात्र खोप केन्द्र निर्धारण गरिएको भएपनि जिल्लाका सात वटै गाउँपालिकाको माग १२७ वटा रहेकोमा स्वास्थ्य सेवा कार्यालयका समन्वयमा १०७ वटा खोप केन्द्र निर्धारण गरिएका छन् ।’

जिल्लाभरका ६ हजार २१२ जना बालबालिकालाई खोप लगाउन लक्ष्य कार्यालयले लिएको छ । यसका लागि सबै खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वास्थ्य स्वयंसेविका गरी ३२१ जना परिचालन गरिनेछ ।

स्वास्थ्य सेवा कार्यालय र गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा गाउँपालिका अनुसार निर्धारण गरिएका खोप केन्द्रहरुमा नाम्खामा पन्द्र, सिमकोटमा बीस, खार्पुनाथमा १४, सर्केगार्डमा २३, चङ्खेलीमा १२, अदानचुलीमा १२ र ताँजाकोटमा ११ वटा रहेका प्रमुख सिंहले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ