२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखको नौमुलेमा निःशुल्क दन्त शिविर

दैलेखको नौमुलेमा निःशुल्क दन्त शिविर


वीरेन्द्रनगर—दैलेखको नौमुले गाउँपालिकामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । ४ देखि ६ चैतसम्म तीन दिन सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् ।

नौमुले गाउँपालिका, सगरमाथा हेल्थ फाउडेसन आयोजना तथा हेल्थ केयर नेपाल, आम्डा नेपालको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविरको आयोजना गरिएको हो ।

नौमुले स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा पाँच सयभन्दा बढीले सेवा लिएका छन् ।

शिविरको आयोजक रहेको सगरमाथा हेल्थ फाउण्डेसनका संयोजक प्रदीप आचार्यले कस्तो खाने, कसरी खाने भन्ने बारेमा जनचासो नहुँदा दाँतबाट समस्या सुरु हुने बताए । ‘त्यसैले समयमै दाँतको उपचार अनिवार्य छ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ