२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकनकासुन्दरीमा ५१८ जना महिलाको स्वास्थ्य परीक्षण

कनकासुन्दरीमा ५१८ जना महिलाको स्वास्थ्य परीक्षण


जुम्ला—कनकासुन्दरी गाउँपालिकामा ५ सय १८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरमा कनकासुन्दरीको हाटसिँजा स्वास्थ्य चौकी र मालिकाबोता स्वास्थ्य चौकीमा ५ सय १८ जना महिलाले स्वास्थ्य परीक्षण गरिएको हो ।

हाँडसिंजामा ३७८ जना मालिकाबोतामा १४० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको हो । कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा आयोजना, जनस्वास्थ्य सेवा कार्यालय र आत्मसम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लाको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

पिसाब चुहिने, तल्लो पेट, ढाड दुख्ने, चिलाउने, गन्हाउने सेतोपानी बग्ने तथा प्रजनन् सम्बन्धी समस्या देखिएको कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायले बताए ।

हाटसिँजा स्वास्थ्य चौकीमा ३७८ जना महिलाको चेकजाँच गर्दा २०६ जनामा पाठेघर समस्या देखिएको र ३ जनाको पाठेघर क्यान्सर भेटिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको जनस्वास्थ्य निरीक्षक उपाध्यायले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ