२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुम पश्चिममा क्षयरोग परीक्षण गर्नेको संख्या न्यून

रुकुम पश्चिममा क्षयरोग परीक्षण गर्नेको संख्या न्यून


वीरेन्द्रनगर-रुकुम पश्चिममा क्षयरोगको परीक्षण गर्नेको संख्या न्यून रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग सर्वेक्षणको सर्वे अनुसार जिल्लामा तीन सय ९० जना क्षयरोगका विरामी हुनेसक्ने तथ्यांक सार्वजनिक गरेपनि परिक्षण गर्नेको संख्या न्यून हुँदा उक्त संख्यामा कमि आएको हो ।

जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ९० जना क्षयरोगका विरामी पत्ता लगाउने लक्ष्य रहेपनी फागुनसम्म लक्ष्यको २८ दशमलव ७१ प्रतिशत अर्थात १ सय १२ जना मात्र क्षयरोगका विरामी पत्ता लागेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमकी खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिए ।

उनका अनुसार ती सबै विरामीको उपचार भइरहेको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा १ सय ७९ जना क्षयरोगका विरामी भेटिएका थिए । भने ७ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो ।

चालु आर्थिक वर्षमा क्षयरोगका कारण दुई जनाको मृत्यु भएको खोप सुपरभाइजर अधिकृत खड्काले बताए । क्षयरोग फोक्सो र अन्य अगंमा समेत लाग्ने गर्दछ । क्षयरोग सम्बन्धी आम सर्वसाधारणलाई जानकारी नहुँदा समेत परिक्षण गर्नेको संख्या न्यून हुने गरेको तथ्यांकले देखाएको छ । फोक्सोमा मात्र क्षयरोग लाग्छ भन्ने बुझाइ भएकाले पनि परिक्षण गर्ने संख्यामा कम देखिएको खड्का बताए ।

जिल्लामा ३२ वटा डट्स केन्द्र, ४ वटा माईक्रोसकोपी केन्द्र, १ वटा जिनएक्सपर्ट केन्द्र र १ वटा डिआर सब सेन्टरबाट क्षयरोग उपचार तथा निधान भइरहेका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ