२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु

प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु


वीरेन्द्रनगर-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा चालु आर्थिक वर्षको नौ महिनामा नौ जना सुत्केरीको मृत्यु भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा नौ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गर्भवतीदेखि सुत्केरी हुँदासम्मको अवधिमा अस्पताल नगई घरमै सुत्केरी गराउँदा मृत्यु हुने महिलाको कुल संख्यामा २६ प्रतिशत रहेको र सुर्खेतमा सुत्केरी गराउन अस्पताल लैजादै गर्दा बाटोमा १७ प्रतिशत महिलाको मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकी जनस्वास्थ्य निरिक्षक अन्जना भण्डारी बताइन् ।

‘चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सुत्केरी हुन कर्णाली प्रदेश अस्पतालमा पुगेका नौ जना महिलाले ज्यान गुमाएका छन्,’ उनले भनिन्,‘गत आर्थिक वर्षमा प्रदेश अस्पताल सुर्खेतमा सुत्केरी हुन आएका तीन जना सुत्केरीले ज्यान गुमाएका थिए ।’

चालु आर्थिक वर्षमा मृत्यु भएका सुत्केरीमा दुई जना सुर्खेत जिल्लाका रहेका छन् भने सात जना अन्य जिल्लाका रहेका भण्डारीले जानकारी दिइन् ।
प्रसवोत्तर ९सुत्केरी भएको ४२ दिनसम्मको अवधि० समयमा ६१ प्रतिशत, गर्भावस्थाको समयमा ३३ प्रतिशत र सुत्केरी अवस्थामा ६ प्रतिशत महिलाको ज्यान जाने गरेको जनस्वास्थ्य कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांक उल्लेख छ ।

यस्तै, सुर्खेतमा कोभिड–१९ को समयमा १५ प्रतिशत महिलाको मृत्यु भएको उनले बताइन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ