२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट

बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट


वीरेन्द्रनगर- हुम्लाको सदरमुकाम सिमिकोट बजारमा सञ्चालित औषधी पसलहरुमा अनुगमन गरी बरामद गरिएका औषधी सिमिकोट गाउँपालिकाले नष्ट गरेको छ । सदरमुकाम सिमकोटमा सञ्चालित औषधी पसलहरुले कालोबजारी गर्नुका साथै बिचौलिया हाबी भएको गुनासो आएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा बरामद भएको उक्त औषधी नष्ट गरिएको हो ।

जसमध्ये सिपि औषधी पसलमा डाक्टरको अनुमतिमा प्रयोग गरिने ट्रामाडोल चार सय ट्याब्लेट औषधी भेटिएको थियो । त्यस्तै, हेल्थ अस नेपाल मेडिकल सेन्टर फार्मेसीमा पनि डाक्टरको अनुमतिमा प्रयोग गरिने फेनाइटोन चार सय १०, फोलोफाजेपाइम चार सय १० ट्याब्लेट बरामद गरिएको थियो ।

अनुगमनमा भेटिएका सबै औषधी शुक्रबार मुचुल्का उठाएर गाउँपालिकाले आफ्नो कार्यालय अगाडि नष्ट गरेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले जानकारी दिए ।

ती मेडिकलमा मनपरी औषधी बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधी र क्लिनिकको अनुमति नलिई सञ्चालनमा भेटिएका थिए । उक्त औषधी डाक्टर बाहेक अन्य स्वास्थ्यकर्मीले विक्री वितरण गर्न नमिल्ने भएपछि बरामत गरिएको थियो ।

उक्त पसलेहरुले औषधी पसल सञ्चालन गर्दा आफ्नो निश्चित तोकिएको भन्दा फरक वा करेट एरिया भन्दा बाहिरको औषधी विक्री गर्दै आएको भेटिएको थियो । अनुमति बिना औषधी बिक्री गरेका औषधी पसलेहरुलाई पहिलोपटक माफी दिएको र यसपछि पनि त्यस्तो भेटिएमा कार्वाही गरिने संयोजक भण्डारी बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ