२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआँखा शिविरबाट ६९ जनाले पाए आँखाको ज्योती

आँखा शिविरबाट ६९ जनाले पाए आँखाको ज्योती


वीरेन्द्रनगर—जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा सञ्चालन भएको दुई दिने निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविरबाट ६९ जना नयाँ संसार देख्न सक्ने भएका छन् ।

नेपाल नेत्र ज्योती संघ कर्णाली प्रदेशद्वारा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक सहयोग, राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग र नलगाड नगरपालिकाको व्यवस्थापन तथा आयोजनामा निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन भएको हो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरमा ५ सय २१ जनाले आँखा जाँच सेवा लिएको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिइन् । ‘जसमा ६९ जनाको मोतीबिन्दुको सफल शल्यक्रिया गरिएको छ,’ उनले भनिन्, ‘आँखा देख्ने भएपछि खुसी हुनु भएको छ ।’

नेपाल नेत्र ज्योती संघका एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका कर्णाली प्रदेश व्यवस्थापक मानबहादुर कुँवरले नलगाड नगरपालिकासँगको समन्वयमा शिविर सफलतापूर्वक सम्पन्न भएको बताए । शिविरमा राप्ती आँखा अस्पताल दाङमा कार्यरत डा. ज्योति सापकोटाको नेतृत्वमा नेत्र स्वास्थ्यकर्मीको सहभागिता थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ