२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबिरामीको संख्या बढ्दैं गएपछि जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

बिरामीको संख्या बढ्दैं गएपछि जिल्ला अस्पताल हुम्लामा औषधी अभाव


वीरेन्द्रनगर—हुम्ला जिल्ला अस्पताल औषधीको अभाव भएको छ । मौसमी बिरामीको संख्या बढ्दै गएपछि हुम्ला जिल्ला अस्पतालमा औषधीको अभाव भएको हो ।

१५ शैय्याको जिल्ला अस्पतालमा वैशाख महिनादेखि औषधी अभाव हुँदा उपचार गर्न आउने बिरामीहरु मर्कामा परेका छन् ।

जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधीसमेत पाउन नसकेको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटा बताए । ‘म बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा रहेपनि डाक्टरको लेखिदिएको अनुसारको औषधी मेडिकलबाट किनेर लगिरहेको छु,’ उनले भने, ‘चार हजारसम्मको औषधी निजी मेडिकलबाट किने । अस्पतालको फार्मेसीमा भिटामिनसमेत छैन ।’

वैशाख महिनादेखि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको मेडिकल अफिसर डा. सुर्जनकुमार सिंहले बताए । ‘आइतबार र सोमबारका दिन ८० जनासम्म बिरामी पुग्छन् भने अन्य दिनमा ५० जनाभन्दा कम हुन्छन्,’ उनले भने, ‘लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिदैं गएको छ ।’

गाउँ घरबाट एक दुई दिनको पैदल हिडेरसमेत सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेको डा. सिंहले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ