२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्ला सदरमुकाममा नियम विपरित संचालन भएका तीन मेडिकल बन्द

हुम्ला सदरमुकाममा नियम विपरित संचालन भएका तीन मेडिकल बन्द


 वीरेन्द्रनगर- हुम्ला जिल्ला सदरमुकाममा नियम विपरीत सञ्चालन हुँदै आएका तीन वटा निजी मेडिकल बन्द गरिएको छ । सिमकोट गाउँपालिकाले अनुगमनका क्रममा तोकिएको मापदण्ड नपुगेका मेडिकललाई सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय दिँदा पनि पूरा नगरेपछि बन्द गरिएको हो ।

प्रक्रिया पूरा गर्न नसकेका सिया मेडिकल हल, सिपी औषधी पसल र बुधे मेडिकल औषधी पसल सञ्चालनमा बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

सिमकोटमा सञ्चालित पाँच वटा निजी मेडिकलको अनुगमन गर्दा तोकिएको मापदण्ड नपुगेपछि अनुगमन समितिको प्रतिवेदनका आधारमा ती मेडिकललाई बन्द गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले बताए ।

‘मेडिकलमा मनपरी औषधी बिक्री गरेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर सञ्चालन गरेको, औषधी र क्लिनिकको अनुमति नलिई सञ्चालनमा आएको भेटिएकाले ती सबै मेडिकलले प्रक्रिया पूरा गर्न नसक्दा गाउँपालिकाले बन्द गरेको हो ।’ उनले भने,‘अनुगमनका क्रममा मापदण्ड विपरित काम गरेकोले बन्द गरिएको छ । मापदण्ड पुरा गरेपछि खुल्ला गरिनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ