२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा मनाइयो विश्व रक्तदाता दिवस

सुर्खेतमा मनाइयो विश्व रक्तदाता दिवस


वीरेन्द्रनगर—२० औं विश्व रक्तदाता दिवस सुर्खेतमा पनि मनाइएको छ । कोपिला भ्याली सेवा समाज सुर्खेतको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा कोपिला भ्याली परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरी विश्व रक्तदाता दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवासकुमार शाक्यले २०औं विश्व रक्तदाता दिवसको शुभकामना दिदैं समाजको नाराअनुसार सबै युवायुवतीले आफ्नो १८औं वर्षको जन्मोत्सवसँगसँगै रक्तदान गर्न अनुरोध गरे ।

‘हाम्रो शरीरमा प्रत्येक ३/३ महिनामा रगत नयाँ उत्पादन भइरहन्छ,’ उनले भने, ‘त्यसैले हामीले खेर जाने रगतलाई मानवीय जीवनको सर्वोत्तम कार्यमा लाग्न अनुरोध छ ।’

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्राविधिक विकास गिरीले कोपिला भ्याली स्कूलका विद्यार्थीहरुलाई रगतका बारेमा र कस्ता—कस्ता व्यक्तिले रक्तदान गर्न सकिन्छ जिज्ञासा रोखको ती विद्यार्थीहरुको जिज्ञासाको उत्तर दिएका थिए ।

कोपिला भ्याली सेवा समाजका कार्यकारी निर्देशक टोपबहादुर मल्लले आजको दिनमा रक्तदान जस्तो पवित्र कार्य आयोजना गर्न पाएको खुसी लागेको बताए ।

रत्तदान कार्यक्रममा १२ जना महिला र १७ जना पुरुष गरी २९ जनाले रक्तदान गरेको कार्यक्रमको संयोजन नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका अध्यक्ष अशोककुमार सिंहले बताए । कार्यसमिति सदस्य मालती विक र सल्लाहकार सुशीलराज शर्माको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ