२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालका लागि ५० करोड विनियोजन

कर्णाली प्रदेश अस्पतालका लागि ५० करोड विनियोजन


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले सभामा प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा प्रदेश अस्पतालको लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

अस्पताल पूर्वाधार विकासका लागि प्रदेश अस्पताललाई ५० करोड रुपैयाँ, जाजरकोट, सल्यान र दैलेख जिल्ला अस्पतालका लागि पच्चीस करोड पचास लाख रुपैंयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री केसीले बताए ।

उनले महिला स्वस्थ्य स्वयंसेविकाले वार्षिक रुपमा पाउँदै गरेको प्रोत्साहन भत्ताअनुसार दश हजार रुपैंयाँ दिइने बताए ।

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ