२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु

सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु


वीरेन्द्रनगर—सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु भएको छ । गर्मी र वर्षाको समयमा सर्पको टोकाइको जोखिमलाई मध्यनजर गर्दै सर्पदंशको उपचार सेवा सुरु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

सर्पदंश हुने बित्तिकै उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि अस्पतालमा एन्टी स्नेक भेनमसहित बिरामीहरूको उपचार सुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य व्यवस्थापक डा. अर्जुनकुमार बुढाले बताए ।

सर्पदंशबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सर्पदंश उपचार सेवा सुरु गरिएको डा. बुढाले बताए । सर्पले टोकेमा धामी झाँक्री तथा झारफुकमा नगई बिरामीलाई सिधै अस्पतालमा ल्याउन उनले आग्रह गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ