२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा निःशुल्क स्वास्थ्य शिविर हुँदैं

सल्यानमा निःशुल्क स्वास्थ्य शिविर हुँदैं


वीरेन्द्रनगर—सल्यानको कुमाख गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा प्रजनन तथा स्तन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाले स्वास्थ्य समस्या भएका महिलाहरूलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविर २६ फागुन २०८१ मा आयुष्मत स्वास्थ्य सेवा केन्द्र, नेटा, कुमाख गाउँपालिका–२, सल्यानमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा स्तन क्यान्सर जाँच, अण्डाशयको समस्या परीक्षण, महिलाहरूको तल्लो पेट दुखाइको परीक्षण, उपचार तथा परामर्श सेवाका साथै पाठेघरको मुखको क्यान्सर परीक्षण (भिआईए) विधिद्वारा जाँच प्रदान गरिने गाउाँपलिकाले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य समस्या भएका महिलाहरूलाई सो समयमा उपस्थित भई निःशुल्क सेवा लिन आग्रह गरेको छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ