२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध

कर्णाली एक सय ३२ औषधि पसलको दर्ता रद्ध


वीरेन्द्रनगर—कर्णालीका एक सय ३२ औषधि पसलको दर्ता रद्द भएको छ । मंगलबार औषधि व्यवस्था विभागले कर्णालीका १० जिल्लाका एक सय ३२ औषधि पसलको दर्ता रद्ध गरेको हो ।

विभागले देशभरका पाँच हजार तीन सय दुई औषधि पसलहरूको दर्ता रद्ध गर्दा कर्णालीका एक सय ३२ दर्ता खारेज गरेको छ ।

औषधि ऐन, २०३५ को दफा ११ मा भएको संशोधित व्यवस्थाअनुसार तोकिएको अवधिभित्र नवीकरण नगरिएका औषधि पसलको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार दर्ता खारेज हुनेमा दैलेखका १९, सल्यानका १८, जाजरकोटका १२, जुम्लाका १२, कालिकोटका सात, सुर्खेतका ४८, मुगुका छ, डोल्पाका चार, हुम्लाका तीन र रुकुमपश्चिमका तीन वटा औषधि पसल रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ