२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविषादी नियन्त्रण प्रयोगशालाको स्थापना हुने

विषादी नियन्त्रण प्रयोगशालाको स्थापना हुने


सुर्खेत- कर्णालीमा विषादी नियन्त्रण गर्ने प्रयोगशालाको स्थापना हुने भएको छ । अत्यधिक विषादी भएका कृषि वस्तुको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएको भन्दै यसको नियन्त्रण गर्नको लागि कर्णाली प्रदेश सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई ठाउँमा प्रयोगशाला स्थापना गर्ने भएको हो ।

मन्त्रालयले सुर्खेत जिल्लाको हर्रे र सल्यान कपुरकोटमा विषादी परीक्षण प्रयोशालाको स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले गरेको जैविक, तथा अर्गानिक प्रदेश बनाउनका लागि अग्र्यानिक प्रदेश निर्माण गर्ने भन्ने निर्णयलाई कार्यान्वयनमा लैजान प्रदेशका दुई ठाउँमा विषादी परिक्षण प्रयोशालाको निर्माण गर्ने बताइएको छ ।

प्रयोगशालामा उपकरणसहित दक्ष कर्मचारी राख्ने अन्तिम तयारी भएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । ‘तत्काल हाम्रो योजना उपकरणसहित प्राविधिक कर्मचारी राख्ने तयारी थालेको उनको भनाइ छ,’ उनले भनिन्, ‘यसले बाहिर जाने यहाँको उत्पादन र बाहिरबाट यहाँ आउने खाद्यवस्तु तथा अन्य खाद्यान्नको विषादी परीक्षण हुनेछ ।’

कर्णालीलाई अर्गानिक तथा विषादीरहित बनाउनका लागि अन्तर्राष्ट्रिय अनुभवको जानकारी लिने उद्देश्यले अन्तर्राष्ट्रिय अर्गानिक सम्मेलन पनि कर्णालीमा राखिएको र अर्गानिक तथा विषादीमुक्त प्रदेश बनाउन त्यसको अध्ययन अनुसन्धानका लागि शोधपत्र अनुन्धानकर्ता खोजी भइरहेको उनले जानकारी दिइन् ।

‘प्रदेशको कृषि, पशुपालन मूलतः जैविक नै छ,’ केसीले भनिन्, ‘जैविक कृषि पद्धति जीवित छ ।’ जैविक कृषिलाई प्रवद्र्धन गर्दै रसायनिक मल, विषादीको प्रयोगलाई नियन्त्रण गर्दै पूर्ण रुपमा कर्णाली प्रदेशलाई नै जैविक कर्णाली बनाउने सोच र रणनीतिमा नै अर्गानिक कर्णालीको अवधारणा अगाडि सारिएको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ