२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण बुधबार विहान ९ बजेबाट

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण बुधबार विहान ९ बजेबाट


काठमाडौं–दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीको शल्यक्रिया बुधबार विहान ९ बजेबाट सुरु गर्ने तयारी त्रिवि शिक्षण अस्पतालले गरेको छ। प्रधानमन्त्री निकटका स्रोतका अनुसार मंगलबार प्रधानमन्त्री प्रि डाइलाइसिसलगायतका कामहरू भएका छन् ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन सुरु गरिएको जनाएका छन् । ‘साथै, विभिन्न विषयका विशेषज्ञहरुबाट उहाँको स्वास्थ्य परिक्षण गरिएको छ,’ शिक्षणको विज्ञप्तिमा भनिएको छ, ‘प्रत्यारोपण अगाडि गरिने नियमित डाइलाइसिस तथा ल्याब परिक्षणहरु गरिने क्रम जारी छ ।’

अस्पतालले हालसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिती राम्रो रहेको र उनलाई विशेषज्ञहरुको निरन्तर निगरानीमा राखिएको जनाएको छ ।

बुधवार मिर्गौला प्रत्यारोपण तयारीका लागि प्रधानमन्त्री ओली सोमबार साँझ शिक्षण अस्पताल पुगेका थिए। उनको मिर्गौला प्रत्यारोपण प्रा.डा. प्रेम ज्ञवालीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ