२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था स्थिर (विज्ञप्ति सहित)

प्रधानमन्त्री ओलीको स्वास्थ्य अबस्था स्थिर (विज्ञप्ति सहित)


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएपछि त्रि. वि शिक्षण अस्पतालले विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्ति मार्फत अस्पतालले प्रम ओलीको स्वास्थ्य स्थिर रहेको र सबै सूचकहरुको राम्रो अवस्थामा रहेको जनाएको हो।

प्रधानमन्त्री ओलीको भान्जी समिक्षा संग्रौलाले उनलाई आफ्नो एउटा मिर्गौला दान गरेको र उनको स्वास्थ्य अबस्था अहिले राम्रो रहेको विज्ञप्तिमा उल्लेख छ।

उक्त मिर्गौला प्रत्यारोपण चिकिस्ता टोलीमा प्रा. डा दिव्या सिहं शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले, र डा. रविन नेपाली लगायत टोलीको सहभागिता थियो । त्यस्तै, ओलीको शल्यचिकित्सा टोलि अन्र्तगत प्रा.डा उत्तम कुमार शर्मा, प्रा.डा प्रेम ज्ञवाली र प्रा.डा अनन्त कुमार लगायतको संलग्नता रहेको थियो ।

उनलाई बुधबार विहान १० बजे अप्रेसन कक्षमा लगि तत्काल अप्रेशन सुरु गरिएको अस्पतालका निर्देशक प्रा. डा. प्रेम खड्गाले बताएका हुन्।

 

विज्ञप्ति :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ