२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालबाट भागेका भनिएका व्यक्तिमा ‘काेरोना फाेविया’

अस्पतालबाट भागेका भनिएका व्यक्तिमा ‘काेरोना फाेविया’


काठमाडाैं – शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका भनिएका सम्भावित काेराेना संक्रमण भएका व्यक्तिमा कुनै पनि लक्षण नमिलेकाे अस्पतालका चिकित्सकले बताएका छन् । उनी काेरियाबाट आएको हुँदा अति डराएकाेले उनलाई ‘काेराेना फाेविया’ भएको अस्पतालका प्रवक्ता डा. अनुप वास्ताेलाले जानकारी दिए।

काेरिया आएको उनी दुई दिन अघि अस्पतालकाे सम्पर्कमा आएको प्रवक्ता डा. वास्ताेलाले बताए । ‘उहाँ अति नै डराउनु भएकाे थियाे , उहाँ कै अनुरोधमा जाँच तथा लक्षण हेर्दा कुनै शंका नभए पछी हामीले काउिनसलीङ गरी पठाएका थियाै ।, उनले भने।

तर ती व्यक्ती बुधवार राति पुन आफुलाई काेराेना भएकाे भन्दै आतिएर अस्पताल आएको उनको भनाई छ। उनले अघि भने, ‘उनी आतिएको देखेपछी हामीले क्वारेनटाईनमा बस्नुस भनेर राखिएकाे थियाे। तर बिहान हिड्नुभएछ उनले भने अहिले सम्पर्कमा आइसक्नुभयो।’

के हाे काेराेना फाेबिया ?

तीन महिना अगि चिनबाट फैलिएकाे काेविड १९ भाइरसकाे संक्रमण अहिले विश्वभर पुगेकाे छ । यसले महामारीकाे रूप लिइसकाे छ । फ्लु समुहमा रहेकाे याे भइरसले ३ हजार भन्दा वढि मानिसकाे मृत्यु भइसकेकाे छ भने झण्डै १ लाख मानिषमा संक्रमण पुष्टी भइसकेकाे चिकित्सकहरू बताउछन् ।

विशेष गरी काेभिड १९काे बढी संक्रमण भएका देशबाट नेपाल आएका व्यक्तीहरू अस्पताल धाइरहेकाे टेकु अस्पतालका चिकत्सक डा बास्ताेला बताउछन् । ति मध्ये संक्रमण  भएका भन्दा पनि आशंकामा अस्पताल आउने धेरै रहेकाे उनकाे भनाइ छ । त्यस्ता व्यक्ती आउनुलाइ सामान्य मान्नु पर्ने उनकाे तर्क छ । आशंकामा आएका सवैलाइ चिकित्सकले काउिन्सलिङ्ग गर्छन् । काउन्सिलिङ्ग पछि आश्वास्त हुनेलाइ घर फर्काएर त्यही शुरक्षाा अपनाउन भनिन्छ भने हाश्वास्त नहुनेलाइ अस्पतालकै क्वारेन्टाइनमा राखेर निग्रानी गरिन्छ ।  अझ चिकित्सकले आशंका गरेकालाइ त आइसाेलेसनमा राखेर उपचार नै गरिन्छ अनि जाच पड्ताल पुरा नहुन्जेल घर जान दिइदैन । तर कतिपय भने त्यसै डराएर अनावश्यक चेक जाच गराउन खाेगज्छन् । ‘बाहिर आएका अनावश्यक हल्लाका कारण धेरै मानिस अति डराएका छन् ।’ उनि भन्छन् ‘त्याे अफवाहाका कारण अती डराउएर काेराेना फाेबिया नै  भएकाे छ ।’ काेरनाकाे वारेमा अनावश्यक हल्लाकाे पछी लागी अती डराउनुलाइ काेराेना फाेविया भनिने उनकाे भनाइ छ । डा बास्ताेलाका अनुसार यस्ताे फाेविया भएकाेलाइ जिउ तातेकाे महसुस हुने, घाटी खसखसाएकाे जस्ताे हुने, अति डर लाग्ने हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ