२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबजारमा मास्क अभाव, ४० फार्मेसी र मेडिकलमध्ये २८ वटामा मास्क छैन

बजारमा मास्क अभाव, ४० फार्मेसी र मेडिकलमध्ये २८ वटामा मास्क छैन


काठमाडौं—विश्वमा कोभिड–१९को संक्रमण फैलिएसँगै नेपाली बजारमा मास्कको अभाव देखिन थालेको छ । बजारमा मास्कको अभाव देखिन थालेपछि व्यापारीहरुले मनपरी मुल्य लिन थालेका छन् ।

बजारका मेडिकल, फार्मेसी, पसलहरुमा मास्क दोब्बर—तेब्बर महंगो मुल्यमा बेच्न थालेका छन् । मास्कको मुल्य आकाशिएको गुनासो गर्नेमा आम सर्वसाधारण मात्रै नभएर मेडिकल व्यापारीहरुको पनि छन् ।

हेल्थआवाजले मंगलबार र बुधबार बजारका केही मेडिकल, फार्मेसीहरु मास्कको बजार मुल्य सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणका क्रममा ४० वटा फार्मेसी तथा मेडिकलमध्ये २८ वटामा मास्क नभएको पाइएको छ ।  हेल्थ आवाज पुगेका ४० मध्ये १२ वटा पसलमा मात्रै मास्क पाइएको छ ।

यस क्रममा कतिपय मेडिकलले मास्क नभएको र बजारमा मास्कको मुल्यमा चर्काे वृद्धि भएका कारण मास्क खरिद नगरेको जानकारी दिए । यस्तै, मास्क उपलब्ध भएका अधिकांश मेडिकल र फार्मेसीहरुमा भने पसलैपिच्छे मास्कको मुल्यमा फरक देखिएको छ ।

बुधबारमात्रै सरकारले बजारमा मास्कको मनपरी मुल्य असुल्नेलाई कारवाही गर्ने जनाएको थियो । बिहीबार काठमाडौं उपत्यकाका केही स्थानमा अनुगमन टोलीले अनुगमन पनि गरेको छ । साविकभन्दा उच्च मुल्यमा मास्क बेच्ने तथा लुकाइएका फार्मेसीहरुलाई औषधि व्यवस्था विभागले सम्बन्धित निकाय तथा प्रहरी प्रशासनको सहयोगमा कारवाही थालिएको औषधि व्यवस्था विभागका निर्देशक नारायण ढकालले जानकारी दिए । यसका साथै मास्क महंगोमा बेचेको वा लुकाइएको पाइएमा ११३७ नम्बरमा खबर गर्न समेत सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सि.नं. मेडिकल/फार्मेसीको नाम स्थान मास्क छ/छैन सर्जिकल मास्क
प्रतिदर
एन–नाइन्टी मास्क प्रतिदर एन्टी पोलुसन मास्क कपडाको मास्क
आरुष फार्मेस वीर अस्पताल
मेगन फार्मेसी वीर अस्पताल छैन
पवित्रा प्रोगेस फार्मेसी वीर अस्पताल छैन
हनुमान फार्मेसी वीर अस्पताल
आयुष फार्मेसी वीर अस्पताल छैन
किरण फार्मेसी वीर अस्पताल छैन
सत्यम् फार्मेसी वीर अस्पताल छैन
उपकार सेवा फर्मा वीर अस्पताल छैन
मेरुष फार्मेसी संकटा, न्यूरोड छैन
१० टेबहाः मेडिकल हल संकटा न्यूरोड छैन
११ अर्किड फार्मेसी कमलपोखरी, नक्साल छैन
१२ नम्रता मेडिकल हाउस नक्साल छैन
१३ औषधि पसल नक्साल भगवती थान
१४ संजिवनी फार्मेसी नक्साल भगवती थान
१५ रिद्धि सिद्धि फार्मेसी नक्साल भगवती थान
१६ मनोमानेश्वरी फार्मेसी मैतीदेवी छैन
१७ आर.एस फार्मेसी मैतीदेवी छैन
१८ एभर युथ मैतीदेवी छैन
१९ एम.जी पोलिक्लिनिक एन्ड डाग्नोसिस सेन्टर मैतीदेवी
२० गंगा हार्ट क्लिनिक मध्यबानेश्वर छैन
२१ भेनस अस्पताल मध्यबानेश्वर छैन
२२ सृस फार्मेसी मध्यबानेश्वर छैन
२३ वासु फार्मेसी महाराजगन्ज छैन
२४ समामणि फार्मेसी महाराजगन्ज छैन
२५ सुनौलो फर्मा औषधि महाराजगन्ज छैन
२६ रेवति रमन फार्मेसी कागेश्वरी मनोहरा
२७ गोर्खाली फर्मा नयाँबजार
२८ समिक फर्मा नयाँबजार छैन
२९ इन्दिरा फार्मेसी सोहृखुट्टे छैन
३० बिन्नी फार्मेसी क्षेत्रपाटी
३१ सुभम् फार्मेसी नरदेवी छैन
३२ इखाः पुखु मेडिसिन डिस्ट्रिब्युटर नरदेवी छैन
३३ सर्जिकल हाउस नरदेवी छैन
३४ विकास सर्जिकल टे«डर्स नरदेवी छैन
३५ सहेली मेडिसिन डिस्ट्रिब्युटर नरदेवी छैन
३६ आरोग्य मेडिसिन डिस्ट्रिब्युटर नरदेवी छैन
३७ दिप सर्जिकल सप्लायर्स नरदेवी छैन
३८ क्यानभास ड्रग डिस्ट्रिब्युटर नरदेवी छैन
३९ नेपाल केयर सर्जिकल सप्लायर्स नरदेवी छैन
४० मेडिसिन कन्सर्न नरदेवी छैन


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ